सेयर बजारमा चर्चित पात्रहरुको रोचक भेटघाट,किन बाक्लिदै छ जमघट?
काठमाण्डौ। धितोपत्रको दोस्रो बजारका चर्चित सेयर लगानीकर्ताहरुको भेटघाट र सम्पर्क आजकल निकै बाक्लिदै गइरहेको छ ।
धेरै लगानीकर्तालाई फलोअर बनाएका र बजारका ख्यातिप्राप्त पात्रहरुले केही समययता जमघटलाई निकै बाक्लो बनाउँदै गइरहेका हुन् ।
सेयर बजारका ज्ञाता समेत मानिएका रोहन शर्मा(पुरुषोत्तम चिमोरिया),शिवचन्द्र,हरि ढकाल,केशव कोइराला लगायतका बजारका चर्चित पात्रहरुले...